परिअाउँछ !

आधी खोल ओठ, बाँधी राख मुटु, के के परिआउँछ,
तन भरिइँदा, मन मरी ज्यूँदा, जीवनभरि आउँछ ।

जति छोप छाति, हान्छ तलमाथि, अदृश्य छ साथी,
कतै टरी जान्छ, कतै ठरिजान्छ, वरिपरि आउँछ ।

अरु नष्ट हुँदा, किन लिन्छौ तुष्टि, छलिएँ के भन्छौ,
बाटो बिन्दाबिन्दै, सोचेभन्दा भिन्दै, रुप धरि आउँछ ।

हैन पाल्तु कुत्ता, मालिकतिर झुक्ने, अरुतिर भुक्ने
नाका तरी आउँछ, जाँघ तरी पिउंछ, आँखा तरी आउँछ ।

के के राख्नु च्यापी, के के राख्नु बाँकी, अपूर्ण छ यात्रा
‘आ !’ नभन्दा आउँछ, ‘आ न !’ भन्दाखेरि, ढिला गरी आउँछ ।

२०७४।०८।०३
भैरहवा

112 total views, 1 views today

Leave a comment

Your email address will not be published.

*