Free songs
Home / कविता / देवजीलाई प्रतिउत्तर

देवजीलाई प्रतिउत्तर

अर्कालाइ बुझाउनू छ सजिलो मन्ले कहाँ मान्छ र ?
यो सन्ताप छ फेरि भिन्न थरिको धोई कहाँ जान्छ र ?
आफ्नैलाइ पुर्‍याउँ हानि किन यो ? सक्दो त सम्झाउँछु,
हेरी तुष्टि लिनेहरु पनि त छन् थोरै त चाल् पाउँछु ।

शङ्का लाग्छ, बुन्यो कुचाल कि कुनै पीपासुले यो घरी ?
मान्छे नै अपराध गर्दछ भने दैवी भनूँ के गरी ?
आफ्नै लेन समाइ सुस्त गतिमा जाँदै थियो काम जो
हिर्कायो शिरमै कठै असतिले निर्दोषको ज्यान गो ।

जानाजान घटाइ दुर्घटन यो रक्सी पिई मातले
गाडी हाँक्न प्रमाण छैन जसको दिँदैन औकातले
त्यो न्यायालय नै विपक्ष उभिनू षड्यन्त्र हो झेल हो !
पत्तै पाइन झन् रहस्यमय भो कस्ले रच्यो खेल यो ??

आफ्नो होइन झैँ भयो अरु त के आँफै अडेको जिमी
अत्याचार भयो ममा, सहुसहू भन्छौ कसोरी तिमी ?
सारा शान्ति लुटी मबाट लगियो खै चित्त बुझ्ने कुरा ?
होस् नामर्द भनी कटाक्ष गरि यी धिक्कार्दछन् पाखुरा ।

सुख्खै रैछ ठ्याक्कै दाँज्न सकिने पीडा कहाँ दाँजिनु ?
पोख्यौ जो समवेदना अक्षरमा आशा पलायो झिनु ।

पढ्ने श्लोक र मन् पराउनुहुने लेख्ने टिका सुन्दर
श्लोकै बाँडिलिने समस्त जनमा आभार आभ्यन्तर ।।

884 total views, 1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top