देउता खोज्दा ढुङ्गा भेटियो (तीज गीत)

ऐना हेर्दा आफूसँगै अर्को मान्छे देखियोस्
कुरा सुन्दै बाटो काट्ने साथी भेटियोस्
रुची, शोख, ध्यय, मिलोस् बोलाउँदा ‘हाँ’ भनोस्
प्यास लाग्दा पानी मिलोस्, तिर्खा मेटियोस् ।

बरिलै मर्दा पर्दा साथ दिने एउटा भेटियो ।
बरिलै, ,बरिलै, अँध्यारोमा ढुङ्गा खोज्दा देउता भेटियो ।

दाल भात खान पुगोस् शिर ओताउने छाप्रो होस्
राम्रै कुरा सुन्नु परोस् नजर राम्रो होस्
मनको जस्तो भैन भन्दै मन्दिर पुग्दा हात जोरी
भेटिन्छ कि फूल लत्याउने लड्डू पुजारी ।

बरिलै पेट भित्र अहङ्कारको जुङ्गा भेटियो
बरिलै बरिलै सगरमा देउता खोज्दा ढुङ्गा भेटियो ।

नाम्लो डोको काँधमा रहोस् झोले बन्नु नपरोस्
माला भिर्ने नेताज्यूको पुत्ला नजलोस्
पिठ्यूँ चढी आँप झार्नेले हाँगाबिँगा नलुछोस्
निजी स्वार्थभन्दा देशको स्वार्थ ठूलो होस् ।

बरिलै जिन्दावाद र मूर्दावादको टुङ्गो भेटियो ।
बरिलै बरिलै बगरमा ढुङ्गो खोज्दा ढुङ्गो भेटियो ।

मिथ्या रैछन् आफ्ना भन्नू झुठ्ठा रैछ संसार
एकचोटिको सुन्दर जीवन नहोस् निस्सार ल
ोभ मोह अहंकार र रिस राग फालेर
भित्रैदेखि उठौँ ज्ञानको राँको बालेर

बरिलै जीवनमार्ग विश्राम लिने छेउ त भेटियो ।
बरिलै बरिलै आफैभित्र देउता खोज्दा देउता भेटियो ।

 575 total views,  4 views today

Leave a comment

Your email address will not be published.


*