Free songs
Home / चिठीपत्र / दिवंगत छोराको संस्मरणमा

दिवंगत छोराको संस्मरणमा

परिशीलन

— जन्मिएको दुईमहिना पछिदेखि कहिल्यै तिमी रोएको थाहा पाएनौँ । तिमी सधैँ मुस्कुराइरह्यौ ।

— ६ महिनाको भएदेखि कहिले पनि तिमीले आफूलाई उपलब्ध कुराहरु अपुग भयो भनी घोरेको थाहा पाएनौँ । जेजति उपलब्ध भयो त्यसैमा सन्तुष्ट भैरह्यौ ।

— कहिले पनि अरुको चित्त दुखाएको थाहा पाएनौँ । व्यावहारिकताको प्रतिमूर्ति थियौ ।

— घरमा होस् कि बाहिर होस् कहिले पनि अनुशासन भङ्ग गरेको थाहा पाएनौँ । समस्त परिवारमा कर्मठताको असल नमूना बनिरह्यौ ।

— दीनदुःखीको सेवामा तिमी ज्यान अर्पेर लागिपर्थ्यौ । तिम्रो आमाबालाई त झन् अलिकति विसन्चो हुनेबित्तिकै तिमीले श्रवणकुमारझैँ बोकेरै डुलाउँथ्यौ । अतः तन वा मनमा सानो ठेस लाग्दा पनि तिमी झलझली आँखामा नाच्न थालिहाल्छौ ।

सम्झनलायक तिम्रा गुणहरु कुरा त कति थिए कति । तर तिम्रो बारेमा केही सम्झन खोज्दा आँशुको भेलले छेकिहाल्छ । अतः योभन्दा अगाडि बढ्न सक्दै सकिनँ ।

यति मात्र सम्झन सकेँ– आज चैत्र १७ गते, तिम्रो सत्ताइसौँ जन्म दिन ।

आज नै तिम्रो नाममा स्थापना गरेको इन्जिनियर परिशीलन ओली स्मृति प्रतिष्ठानको चौथो साधारणसभा गर्ने तयारी थियो, तर कोरोना कहरले त्यो पनि आयोजना गर्न सकिएन ।

तिम्रो जन्मदिनको सम्झनास्वरुप तिम्रो नाममा स्थापित प्रतिष्ठानले आफ्नो कोषबाट नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु १०,०००।– (दशहजार रुपैँया) प्रदान गर्ने निर्णय गरेको छ ।

ओली वंश अक्षय कोषले हरेक वर्ष इन्जिनियरिङमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने ओलीका छोरा/छोरीलाई तिम्रै नामबाट नगद पुरस्कार रु १०,०००।– र प्रशंशापत्र प्रदान गर्दै आइरहेको छ । यस्तै प्रतिष्ठानको तर्फबाट पनि गरीब तथा जेहन्दार छात्रछात्रलाई छात्रवृत्ति प्रदान गर्ने गरी शुरुवात गरिएको कार्यलाई निरन्तरता दिइनेछ ।

तिम्रो सम्झनास्वरुप अरु कल्याणकारी कामहरु पनि गर्ने तयारीमा छौँ ।

यो दिनमा तिमीलाई शुभकामना दिनुको सट्टा हार्दिक श्रद्धाञ्जली भन्नुपर्दा गला अवरुद्ध भएको छ । तिम्रो आत्माले शान्ति र अमरत्व प्राप्त गरोस् ।

117 total views, 3 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top