दिमाग खियाउनुहोस्-१

प्रश्न नं. १०.

  1.  नेपालको कुन ठाउँमा बैशाखभन्दा जेठ पहिले आउँछ ?
  2. आकाशको बीचमा के छ ?
  3. सधैँ आउँछ तर कहिल्यै आउँदैन के हो ?
  4. एक हुल चराहरु आएर एउटा रुखको प्रत्येक पातमा बस्दा एउटा चरालाई पात पुगेन। अनि चराहरु छलफल गरी एउटा पातमा दुई/दुई वटा बस्ने सल्लाह गरेर प्रत्यक पातमा दुई/दुई वटा चरा बसेछन, यसरी बस्दा एउटा पात खालि भएछ, ल अब भन्नुहोस चरा र पातको सँख्या कति कति थियो ?
  5. भाँच्न सकिन्छ तर टुक्रा समात्न सकिँदैन के हो ?
  6. सेतो टोपी ब्ल्याक सि मा फाल्दा के हुन्छ ?
  7. कसरी सुतेको मान्छे खाटबाट लोट्न सक्दैन ?
  8. तँ भन्दा नछुने म भन्दा छुने के हो ओठ ?
  9. परीक्षामा सबैभन्दा पहिले के देखिन्छ ?
  10. खुवाउँदा बाँच्ने र पिलाउँदा मर्ने के हो ?
  11. समुन्द्र छ तर पानी छैन के हो ?
  12. ऊ हरेक दिन दाह्री काट्छ तर उसको दाह्री लामै हुन्छ ऊ को हो ?
  13. एउटा हातमा सबै औँला नभएको मान्छेलाई के भनिन्छ ?
  14. १० मा ३ जोड्दा १ हुन्छ कसरी ?
  15. फाल्न सकिँदैन तर यसले समात्न सक्छ के हो ?
  16. यदि तपाईँसँग छ भने तपाईँ बाँड्न सक्नुहुन्छ तपाईँले बाँड्नुभयो भने तपाईँसँग हुँदैन के हो ?
  17. फुटेपछि मात्र काममा आउने के हो ?
  18. तलमाथि जान्छ तर चल्दैन के हो ?
  19. सधैँ माथि मात्र उक्लन्छ तल आउँदैन के हो  ?
  20. कुनै महिना ३२ दिनको हुन्छ । कुनैमा ३० दिन हुन्छ । अब भन्नुहोस् २८ दिन हुने महिना कुन कुन हुन् ?
  21. एउटा गाई लाई 10 मिटर लामो दाम्लोले बाँधेको छ तर पनि 15 मिटर टाढा राखेको घाँस खाईदियो !! ल अब दिमाग लगायर भन्नुस त कसरी सम्बभ भयो होला ?
  22. सबैभन्दा समस्याग्रस्त विषय कुन हो ?
  23. मलाई काट्दा तिमी रून्छौ तर म रँदिन म को हुँ ?
  24. सीता जनककी छोरी हुन् । जनक सीताको बाबुको के हो ?
  25. दुई केटा तीन केटी र एउटा कुकुर एउटा सानो  छाता ओढेर बाहिर निस्केका थिए । तर कोही पनि भिजेनन् कसरी ?

सही जवाफको लागि तलको लिङ्क क्लिक गर्नुहोस् ।

दिमाग खियाउने प्रश्नहरूको समस्या समाधान | Purna Oli

 140 total views,  1 views today

Leave a comment

Your email address will not be published.


*