दिमाग खियाउनुहोस्-२
प्रश्न नं ११
- झ्यालको लोग्ने को होला ?
- अंग्रेजी अक्षरमा सबैभन्दा चिसो अक्षर कुन होला ?
- एउटा सानो कुनामा घुस्छ संसारभर डुल्छ के हो ?
- विद्युतीय गाडी पूर्वतिर दौडिरहेको छ भने धुवाँ कतातिर फाल्दछ ?
- जब आकाशबाट पानी झर्छ तलबाट माथि के जान्छ ?
- एउटा पानीजहाजमा २६ भेडा र १० बोका छन् भने कप्तानको उमेर कति हो ?
- मसँग चारवटा खुट्टा छ तर हिँड्न सक्दैन म को हुँ ?
- हप्तामा टि बाट सुरू हुने चारवटा दिन कुन कुन हुन् ?
- पृथ्बीनारायण शाह मर्नुभन्दा पहिले नेपालको राजा को थियो ?
- तीनमा तीन थप्दा कसरी ८ हुन्छ ?
- पचासमा कति थप्दा पचीस हुन्छ ?
- पानी पिउने बित्तिकै मर्ने चिज के हो ?
- दिनभर टाउको गुमाउँछु तर राति भने पाइहाल्छु के हो ?
- त्यो चिज कुन जुन आफ्नो हो तर अरूले नै बढी प्रयोग गर्छन् ?
- मलाई तिमीले पानीमा पनि देख्न सक्छौ तर म भने पानीमा हुँदा पनि भिज्दिनँ म को हुँ ?
- पानी पर्दा नेपालका प्रधानमन्त्रीले कस्तो छाता ओढेका हुन्छन् ?
- 16, 06, 68, 88 पछि के आउँछ ?
- त्यो चिज कुन हो जसलाई जन्मनुभन्दा पहिले पनि खाइन्छ र जन्मेपछि पनि खाइन्छ ?
- रातमा एकचोटि आउने बिहान र बेलुका दुई दुईचोटि आउने तर दिनमा एकचोटि पनि नआउने के हो ?
- म बोल्दिन र सुन्दिन । तर जिस्क्यायौ भने जिस्क्याइदिन्छु । म को हुँ ?
- एकजना पण्डित पूर्वबाट पश्चिमतिर गइरहेका थिए । उनको टुपी कतातिर फर्कको हुन्छ ?
- दुईवटा गाई पूर्व र पश्चिमतिर फर्केका छन् । तर पनि बिचमा हालेको घाँस खान सके कसरी?
- पूर्वतिर फर्केको घोडाको पुच्छर कतातिर फर्केको हुन्छ ?
- बकापविमासबावपकि यसलाई कसरी उच्चारण गर्न सकिन्छ ?
- जतिसुकै विद्वानले पनि भन्न नसक्ने कुरा के हो ?
सही जवाफको लागि तलको लिङ्क क्लिक गर्नुहोस् ।
दिमाग खियाउने प्रश्नहरूको समस्या समाधान | Purna Oli