Free songs
Home / प्रवचन संग्रह / झुठा इच्छाहरुबाट कसरी टाढा रहने ?

झुठा इच्छाहरुबाट कसरी टाढा रहने ?

  • ब्रह्माकुमार जगदीश चन्द्र

 

इच्छाहरु मुख्यतया तीन रुपहरुमा प्रकट हुन्छन् नाम, मान र शान

नामको इच्छाः  घरमा अभिभावकले सबैलाई बोलाए उनीहरुको नाम लिए, तर मेरो नाम लिएनन् । अनि मनमा आउँछ कि सबको नाम लिए, तर मेरो नाम लिएनन् । मेरो नाम पनि लिनुपर्ने हो । के म उनीहरुभन्दा कम हुँ ? यो हो नामको इच्छा ।

मानको इच्छाः सबैले मलाई सम्मान दिउन्, मेरा कुराहरुलाई मान्यता दिऊन्, आदि । यस्तो इच्छा राख्नू मानको इच्छा हो । तपाईँले मान्यता दिनुभयो र तपाईँले उसलाई स्वीकार गर्नुभयो । यो पनि मानको इच्छा हो ।

शानको इच्छाः कपडा राम्रा होउन्, प्रेस गरिएका होउन् । फोहोर नलागेको होस् चप्पल राम्रा होउन् । सबैभन्दा म नै अलग र विशेष देखिएको होउँ । यस्ता यस्ता इच्छा हुनु नै शानको इच्छा हो । जीवनमा सहज तथा निर्विघ्न रुपमा चल्नको लागि कुन शान हो ? र कुन होइन ? यो थाहा हुनुपर्छ । जुन ईच्छाबाट  ईर्ष्या, द्वेष, या अर्कोप्रति घृणा र दुःख हुन्छ त्यो हुनुहुँदैन ।

यदि तपाईँ राम्रो भाषण गर्नुहुन्छ भने मान्छेहरु त्यसलाई राम्रो भन्छन् र प्रशंसा गर्छन् भने त्यसलाई स्वीकार नगर्नुहोस् । बाँकी यसबाट तपाईँलाई थाहा हुनेछ कि तपाईँको कुरा मान्छेहरुलाई मन पर्‍यो । हमेशा बाबाको महिमा गर्नुहोस् । तपाईँमा कला छ भने त्यसको प्रयोग किन नगर्ने ? अर्थात जब तपाईँ राम्रो काम गर्नुहुन्छ, मान त हुन्छ नै । उदाहरणार्थ कुनै भाइले राम्रो तरकारी बनाउँछ भने उसलाई भनिन्छ कि आज पाहुनाहरु आउँदैछन्, भोजन तपाईँले नै तयार गर्नुहोस् । परन्तु त्यस महिमाको हामीले स्वीकार गर्नुहुँदैन । हामीले भनौँ वा सम्झौँ ‘यो कुन ठूलो कुरा भयो र ! कसैले पनि सिकेर बनाउन सक्छ ! यो त बाबाको देन हो ।’

कसै कसैलाई आफ्नो मानको इच्छा हुँदैन, अरुको मानको कुरा सुनेर उसको मनमा आउँछ कि मेरो पनि मान होस्, यो चिन्ह हो कि उसलाई पनि मानको इच्छा छ । कहिलेकाहीँ यस्तो पनि हुन्छ कि जस्तो कि कुनै भाइ कहिले कुनै सेवा गर्छ भने उसको सेवा मन पर्छ र उसैलाई पटकपटक अवसर दिइन्छ, अरुलाई होइन । त्यसैले ऊ त्यस सेवा गर्नमा पर्फेक्ट भइहाल्छ । तर उसलाई देखेर तपाईँलाई ईर्ष्या नहोस्, तब भन्न सकिन्छ कि तपाईँमा मानको ईच्छा छैन । अतः जसले राम्रो काम गर्छ, ताली त बज्छ नै, महिमा त हुन्छ नै, तर हामीले यो इच्छा राख्नुपर्‍यो कि यो बाबाको सेवा हो । जसले गरे पनि र हाम्रो कर्म र धर्मबाट बाबाको प्रत्यक्षता हुन्छ । वास्तवमा आत्माको सतयुगी स्टेज भरपूर भएको छ । त्यसमा उहाँलाई केही चाहिएको छैन । आत्माको अनादि स्टेज पनि सम्पन्न नै छ । त्यस स्टेजको सामुन्ने राखेर भनिन्छ कि झुठा नाम-मान-शानको इच्छा नराखौँ । सत्युगमा त इच्छा नै हुनेछैन, किनकि त्यहाँ आपसमा प्रेम धेरै हुन्छ, जहाँ प्रेम हुन्छ, त्यहाँ आफूसंग भएको कुरा पनि अरुलाई दिइन्छ, लिने त कुरै हुँदैन ।

आज धेरै चिजहरु मान्छेले नेचुरल सम्झन्छ, जस्तो कि: थोरै त क्रोध चाहिन्छ नै, नत्र त मान्छेहरुले नै हामीलाई निलिहाल्छन् । हामीले डस्नु पो भएन, फुँकार त मार्नै पर्छ । हरेक विकारको लागि दुनियाले भन्छ कि नेचुरल हो, ठीक हो, अधिक त होइन, तर थोरै त हुनैपर्छ । यस तरहबाट मान्छेहरु हरेक चिजको सफाइ दिइरहन्छन् । तर सत्ययुगको हिसाबबाट हेर्नुहोस्, त्यस समयमा यी विकारहरु थिएनन्, त्यहाँ रहनेहरुमा नाम-मान-शानको इच्छा पनि हुँदैनथ्यो । इच्छा मात्रं अविद्या थियो । इच्छा त्यसबेला हुन्छ, जब कमीको महसुस हुन्छ । तर जरुरतभन्दा ज्यादा भयो भने त संकलन गर्नको लागि किन झञ्झट गर्ने ? इच्छा त्यसबेलासम्म भैरहन्छ, जबसम्म सम्पन्न भएको अनुभव हुँदैन । परमात्माको डाइरेक्ट गाइडेन्स लिएर पनि हामीमा इच्छा रहन्छ भने त्यो कहिले पूरा होला ? भगवानले नै इच्छा पूरा गरिदिन सक्नुभएन भन्ने कसले पूरा गरिदेला ? हाम्रो स्वास्थ्य, धन्धा, बच्चाहरु, आदि सब ठीक होस्, यी इच्छा पनि उहाँले नै पूरा गरिदिनुहुन्छ । त्यस समयमा कसैले मेरो महिमा गरोस्, यस्तो इच्छा किन राख्ने ? सबले एक अर्कालाई जान्दछ, सबको गुण सबको अगाडि स्पष्ट छ, महिमाको जरुरत नै छैन । यस दृष्टिबाट भन्न सकिन्छ कि नाम-मान-शानको इच्छा नहोस् । फेरि पनि इच्छा राख्नु मगन्ते बराबर हो । जति हामी उहाँमाथि छाडछौँ, उति नै उहाँले भरपूर गरिदिनुहुनेछ ।

भगवानले हामीलाई उत्तराधिकारी बनाइरहनुभएको छ । हाम्रो डबल पूजा हुनेछ, शास्त्रहरुमा हाम्रो गायन हुनेछ, स्वर्गमा हामी भरपूर हुनेछौँ, यी सारा ज्ञान हामीले पाइसक्यौँ, फेरि पनि हामीलाई के को इच्छा ? इच्छा ज्ञानको पराकाष्ठा त होइन । ज्ञानधन नै सबभन्दा श्रेष्ठ धन हो । जसलाई यो धन मिल्यो, तिनीहरु त धन्य धन्य भइसके । सारा कुराहरु भन्नुको भाव यो हो कि यस वृहद विश्व नाटकमा हीरो एक्टर बन्ने पुरुषार्थ गरौँ । सत्ययुगमा त चल्ला नि भन्ने होइन, किनकि अधिक श्रेष्ठ त बन्न सकिएको छैन । हाम्रो लक्ष्य नै हो कि पासविद अनर हुने । कर्म गरौँ त यस्तो राम्रो गरौँ कि जसलाई सबले भनून Once More. बाबाले यस्तो राम्रो कार्य हामीबाट किन गराउनुभएन भने मान्छेहरुले हाम्रो महिमा गरुन् । महिमा त स्वतः नै हुन्छ राम्रो कार्यको । तपाईँ इच्छा नगर्नुहोस्, तर तपाईँ राम्रो पार्ट खेल्दै जानुहोस् त, महिमा त आफै हुन्छ, किनकि यो यहाँको चलन नै हो । हरेक मान्छे चाहन्छ कि मेरो कार्य सबैलाई मन परोस् । कलियुगमा यो भाव हुनु नेचुरल नै हो ।

सदा कम खर्च वाला निशाना हुनुपर्छ । उदाहरणार्थ तपाईँले राम्रो घर बनाउनुभयो, बाँकी बाहिरबाट सिर्फ सेतो पोताइ गरिदिनुभयो । तर जब बनाउने नै हो भने सिमेन्ट, इँट्टा लगाइराख्नु भएको छ भने ढङ्गपूर्वक लगाउनुहोस् । जुन चिज गर्नुहुन्छ क्रमबद्ध गर्नुहोस्, बाँकी त्यसलाई सजाउँदै नजानुहोस् । देहको सुन्दरतामा मात्र ध्यान दिनु योगीको लक्षण होइन । शानमा रहनुहोस्, तर असली जुन शान हो रुहानी शानपूर्वक जस्तै: “वाह म ! वाह मेरो यति उच्च भूमिका ! ओह मलाई कसले अपनायो !” आदि स्वमानको याद राख्नु नै सच्चा शान हो ।

शुरुवात त नामबाट नै हुन्छ, पछि मान शान आउँछन् । यदि नाम-मान-शान चाहने बानी पर्ने हो भने यी बिना जिउन नै मुश्किल पर्छ । हामी जति गुप्त रहौँ, जति शान्त रहौँ, जति पवित्र रहौँ, त्यसमा नै मजा छ र त्यो नै अविनाशी प्राप्ति हो । हाम्रो चरित्रबाट बाबाको प्रत्यक्षता होस् । ब्रह्माबाबालाई पनि गुप्त रहने इच्छा लाग्दथ्यो ।

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

 985 total views,  4 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top