गजलः गल्ती गर्न शुरु गरिदियौ

पितृको जिउनी चलनचल्ति गर्न शुरु गरिदियौ ।
क्षमा पाएरै गहन गल्ती गर्न शुरु गरिदियौ ।
… … …
रुलाई बन्द गर्न राष्ट्रिय गान रचिदिएँ
गाना गाएरै भलभल्ति झर्न शुरु गरिदियौ ।
… … …
शिक्षाभित्र राजनीति छिर्न हुन्न भन्दै अलापेँ
पढाएरै दलबल तिखार्न शुरु गरिदियौ ।
… … …
भ्रष्टाचार गर्दिन भनी सपथ खान अह्राएँ
कसम खाएरै खल्ती भर्न शुरु गरिदियौ ।
… … …
पिरति र भिरतिरको यात्रा पूर्ण होला के ?
निदाएरै ह्वालह्वाल्ति छर्न शुरु गरिदियौ ।
…… .. …
२०७५।०६।०३

44 total views, 2 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *