Free songs
Home / व्यक्ति विशेष / खड्कबहादुर खडका र मावली

खड्कबहादुर खडका र मावली

पार्श्वभागमा देब्रेतिरको पुरानो फोटोमा हुनुहुन्छ मावली हजुरबा कालीबहादुर खडका । जो तत्कालीन अवस्थामा काँग्रेसका नेता हुनुहुन्थ्यो र सामाजिक रुपान्तरणको सपना देख्नुहुन्थ्यो रे । उहाँको साथमा हुनुहुन्छ हजुरआमा र उहाँहरुको काखकी बच्चीचाँहि मेरो आमा ‘योगमाया’ ।

योगमाया समाज सुधारमा संघर्षशील नारी थिइन् भन्ने त सुनेको थिएँ तर विस्तृत जानकारी थिएन । हजुरबाले आमाको नाम योगमाया किन राखिदिनुभयो होला भन्ने कुरा मैले निलम निहारिकाको योगमाया उपन्यास पढेपछि बल्ल थाहा पाएँ । हजुरबाले मेरी आमा, मामाहरु र सानिमाहरुलाई त्यो जमानामा सुशिक्षित तुल्याउनुभएको थियो । बाजेले देखेका सपनाहरु आमा र मामाहरुले पूरा गर्नुभए जस्तो लाग्दैन ।

बिचमा मेरो ठूलामामा खडकबहादुर खडका । उहाँले बनारसमा पढेर एसएलसी पास गर्नुभएको थियो । गोपालजीजङ शाह खलंगा गाउँ पञ्चायतका प्रधानपञ्च हुँदा उहाँ उपप्रधानपञ्चमा निर्वाचित हुनुभयो । पछि सोलाबाङ स्कूलमा हेडमास्टर भएर केही समयसम्म अध्यापन पनि गर्नुभयो । तत्पश्चात् भारतमा नै आफ्नो जीवनका अधिकांश अमूल्य क्षणहरु व्यतित गर्नुभयो । सबैभन्दा दायाँपट्टि ठूलामामाको परिवार । बिचमा मावलीकी पनि मावली हजुरआमा ।

मेरो शिक्षादिक्षाका उत्प्रेरक मेरो ठूलोमामा र आमा नै हुनुहुन्छ ।

 41 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top