Free songs
Home / क्यार्दान र बलै (व्यङ्ग्य) / क्यार्दान र बलै ! (कोरोना विशेष-८)

क्यार्दान र बलै ! (कोरोना विशेष-८)

लख्यालखीले सिलुक हाल्देऊ ता हाल्देऊ भन्याहुनाले यस्तो सिलुक पो हाल्द्याँ तो मले आज ता ।

“छिचिमिरा जाग्या
गौँजौँ पाग्या !

गौँजौँ पाग्या 
छिचिमिरा जाग्या !!”

“उइलै उइलै एउटा गाउँमा किम्ला, ढिम्रा, मौरी, अरिङाल, पुतली, फटिङ्ग्रा, बङ्स्यालु लगायत धेरै धेरै कीराकाट्टिउँ बस्त्या गरे । किम्लाका पनि मस्तै जात ह्रचन् । 
दारे किम्लो, काले किम्लो, खैर्‍या किम्लो, साँख किम्लो, घ्यू किम्लाका ठूल्ठूला परिवार ह्रचन् गरे । तिन्खो परिवारले खुप्पै मिहेनतसाथ गर्त्या गरे । उता ढिम्राको परिवार पनि ठूलै थ्यो गरे । तेखो परिवारले पनि वरिपरिको माटो खेर्दै अग्लाअग्ला बिल्डिङ बनाउँदै गर्ने ह्रचन् गरे । किम्लाले र ढिम्राहरुले जताकतैबाट खेरखार पारिकिन खानेकुरा, हातहत्यार लगायत चाइने कुरा सप्पै घरभित्रै थुपार्‍याह्रचन् गरे ।

एकदिन चैतौ मैना आइपुइयो छ । चैतो मैना ता भइयो नि सगरमा च्याउँदाच्याउँदै कालो बादल आइइयो छ हेर्नोइ ।

बादल देख्यापछि पुतलीहरु आत्त्याछन् । हामी ता बाँच्जाउँला किम्लाउ र ढिम्राउ जातले अन्नेरीकुन्नेरी गर्चन् तिनलाई सम्जाउनुपर्च भन्ने बिचार गर्‍याछन् । ह्ँवाँपछि तिनीहरु आइकिन तिनी किम्ला र ढिम्राहरुलाई भन्याछन् : ‘बादल काल्याउछ हेर । यस्तोबेला हावाहुरी चल्न सक्च, असिनापानी पर्न सक्च, तेइ हुनाल तिमीहरु भाइर ननिस्क्या होइ । चराहरुले भाइर बथान्याछन् हेर । तिम्रा चोक्टाफिर्का नह्रागिकिन खानन् होइ ।’

ह्वाँपछि फटिङ्ग्रा आयाछन् र तिनीहरुलाई तेइ भन्याछन्: ‘भाइर ननिस्क्या बगालौ ।’

‘ह्वाँपछि बङ्स्यालु आयाछन् र तेइ भन्याछन् । ह्वाँपछि मौरी आयाछन् सम्जायाछन् ।”

तिनी किम्लाहरु र ढिम्रा त भइइया नि । हाम्लाई कोले के गर्न सक्च ? हामी ता सङ्सारमै बल्ल्याबाङ्ङा छौँ । हामीसित हत्यार पनि छन्, बुद्धि पनि छ, विधि पनि छ । यत्रो बगाल छ, हाम्लाई कोइले केइ फाँर्दैनन् । लाऊ सप्पैले नाम्रानाम्रा लुगालत्त, यइबेला हो भाइर निस्किने भन्याछन् र पखेट्टा कार्न लाइयाछन् हेर । त्यो बिबिन्नो अवस्थामा किम्ला र ढिम्राले ता छिचिमिराको जुनी पो फेर्रेल्याछन् ।

पखेट्टा कार्या भया मार्तै ता हो छिचिमिराहरु ता भाइर निक्लिँदै भुर्र उर्दै गर्न लाइयाछन् । एक्कैछिना सगरभरि छिचिमिरै छिचिमिरा । केइ बिपत्ति पर्ला भनिकिन अरु कीराकाट्टिउँ भने छुपुक्क आफ्नोआफ्ना ठर्नु लुग्याह्रचन् ।

तेइबेला हुरी पनि मच्च्यो छ । हुरीको अग्गेट क्यार्दान् र जाबा छिचिमिराले । 
हुरी लाग्यो छ घिच्च्याउन, छिचिमिरा लाग्याछन् चिच्याउन । असिनापानी पनि बर्स्यो छ । कोइखा सग्रै पखेट्टा चोइट्याछन् ह्वाँपछि छिचिमिराहरु फुतुफुतु भइँमा खस्स्याछन् । त्यो देख्यापछि चराहरुलाई रमाट पर्यो छ । ह्वाँपछि चराहरुले ‘हाम्रो त त्यारै आइयो बगालो ‘ भन्दै भइँमा ढल्या छिचिमिरालाई कप्पाकप खान लाइइयाछन् ।

उता किम्ला र ढिम्राले घरभित्र भयाभरको चिजबिज थुपार्‍याछन् यता छिचिमिराउ ता बिवै भुट्ट्यो छ ।

चराले छिचिमिरालाई मार्तै खाया भया ता हो । वरपर लुगिकिन बस्या पुतली, फटिङ्रा, बंस्यालु हुँदै भयाभरका परानीलाई खोज्दै खाँदै गर्न लाइयाछन् चराहरुले ता ।

हुरी र असिनापानी ता थाम्मिँदै थाम्मेनछ । हुरी झन् झन् मच्च्यो छ । झन् मच्च्यो छ । असिनापानी पनि भस्मेइ बर्स्यो छ । ह्वाँपछि त्यार पर्या भन्या भयाभरका चराहरुलाई पनि मारमारमुरमुर पारी हुरीपानीले फुतुफुतु मार्रेल्यो छ ।

किम्लाहरु भिर्तै बस्या भया सप्पै परानी बाँच्नेथ्या । तिन्खै कारण भुइँका परानी सप्पैको ज्यान गइइयो छ हेर । तेइ हुनाले विपत खन्नेइबेला शक्ति र बुद्धिको ध्वाँसले मार्तै हुन्न हेर । अर्काले भन्याउ पनि मान्नुपर्च ।”

लख्यालखीले यति भनिसिद्याउनासात सोध्ध्यला हेर्नोइः “तेसोभया पाक्या गौँ जौँ कोले खायो त बाजेइ ?”

“कोइले न कोइले । त्यो दारे किम्लाउ कारनले कोइले चाख्न पाइनन् हेर बाबु गौँजौँ ता ।”

मेरो सिलुक सुनिसक्यापछि लख्यालखीहरु आफ्ना आफ्ना दुलामा पस्या हेर्नोइ ।

क्यार्दान र बलै ।

95 total views, 1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top